सुनिल थापा कांग्रेसको सहमहामन्त्री

सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । 

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता भएपछि केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गरेका थिए ।  

सहमहामन्त्री बनेका थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिइएकाे छ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउने नेताहरुमा रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा) रहेका छन् भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।

प्रकाशित मिति: : 2020-11-13 19:03:00

प्रतिकृया दिनुहोस्