सोनु निगम आफ्नो छोरालाई गायक बनाउन चाहदैनन्

भारतका चर्चित गायक सोनु निगमले आफ्नो छोरा निवानलाई गायक नबनाउने बताएका छन्। भारतीय च्यानल टाइम्स नाउसँगको अन्तर्वार्तामा उनले आफ्नो छोरा गायक भएपनि भारतमा बसेर नबन्ने बताए। 

सोनुका छोरा हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा बस्छन् र उनी गेमिङमा काम गर्छन। उनी युएईको माथिल्लो तहको गेमर्सको रूपमा परिचित छन्। 

४७ वर्षीय सोनुले भने, ‘म उसलाई गायक बनाउनै चाहन्न। ऊ अब भारतमा बस्दै बस्दैन। ऊ दुबईमा बस्छ। मैले पहिले नै उसलाई भारतबाट बाहिर लगिसकेको छु। ऊ जन्मजात गायक हो। तर, उसलाई अन्य कुरामा पनि रुचि छ। युएईमा उच्च दर्जाको गेमर्समा उसको पनि नाम आउँछ।’

निकै सानो उमेरमा निवान स्टेजमा सोनुसँग गीत गुनगुनाउँदै गरेको देखिएका थिए। सोनु निगम भारतको प्रतिभाशाली गायक भएपनि उनले बलिउडमा काम पाउन छोडेका छन्।

प्रकाशित मिति: : 2020-11-17 12:15:00

प्रतिकृया दिनुहोस्