५ लाख बचाउने लोभमा विनाटेन्डर ठेक्का, ३५ लाख बुझेपछि भवन अलपत्र छाडेर ठेकेदार फरार !

लोकान्तर

काठमाडाैं

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ मा रहेको पञ्चदेव माध्यमिक विद्यालय भवन निर्माण अलपत्र परेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा उक्त विद्यालयमा पक्की भवन निर्माण गर्न भन्दै पचास लाख रुपैयाँ विनियोजन गरेको थियो । भवन निर्माणबारे स्थानीय र विद्यालय व्यवस्थापन समितिबीचको समझदारीका कारण विव्यसले ठेकेदारलाई निर्माणको जिम्मा दिएको थियो । 

ठेकेदार सुरज मल्लले भवन निर्माण गरेपनि अहिले निर्माण पूरा नहुँदै बालुवा झर्न थालेको छ । भवनको प्लास्टर गरेदेखि पानी नहालेकाले बालुवा झरेर धेरै स्थानमा भत्किएको छ ।

विद्यालयमा कार्यरत शिक्षकलाई तलब खुवाउने बहानामा पैसा बचाउन खोज्दा भवन निर्माण नै अलपत्र परेको हो । प्रदेश सरकारले ६ कोठे पक्की भवनका लागि पचास लाख रुपैंया विद्यालयको खातामा जम्मा गरिसकेको छ भने ठेकेदारले विद्यालयबाट ३५  लाख रुपैयाँ लिइसकेका छन् ।

प्रकाशित मिति: : 2020-11-17 17:32:00

प्रतिकृया दिनुहोस्