अस्ट्रेलियाका क्रिकेट खेलाडीलाई एयरलिफ्टबाट उद्दार

अस्ट्रेलियाली क्रिकेट बोर्डले कोरोना संक्रमणको जोखिमका बीच आफ्नो खेलाडीलाई एयरलिफ्टबाट उद्दार गर्दै सुरक्षित स्थानमा लगेको छ।

क्रिकेट अस्ट्रेलियाले भारतविरूद्ध आगामी घरेलु शृंखला प्रभावित नहोस् भन्ने उद्देश्यले खेलाडीलाई पश्चिम अस्ट्रेलिया, तस्मानिया र क्वीन्सल्याण्डबाट निकालेर न्यु साउथ वेल्स (सिड्नी) मा स्थानान्तरण गरेको छ। 

टिमका सदस्य कप्तान टिम पेन, विकेटकिपर म्याथ्यु वेड, मार्नस लाबुसेन, जो बन्र्स, माइकल नेसेर, मिसेल स्वेप्सन, क्यामरन ग्रीन, ट्रेविस हेड र केन रिचर्डसन जस्ता खेलाडीलाई एयरलिफ्ट गरिएको छ। सबैलाई न्यु साउथ वेल्समा लगिएको छ।
 
दक्षिण अस्ट्रेलियामा बढ्दो कोरोनाको समस्याका कारण पश्चिम अस्ट्रेलिया, तस्मानिया र क्वीन्सल्याण्डमा सोमबारदेखि सीमा बन्द गरिएको छ।

प्रकाशित मिति: : 2020-11-17 21:41:00

प्रतिकृया दिनुहोस्