‘बजरंगी भाइजान’ कि मुन्नी १३ वर्षमा

सलमान खानको सुपरहिट फिल्म ‘बजरंगी भाइजान’ मा चाइल्ड आर्टिस्टको भूमिका निर्वाह गरेकी हर्षाली मल्होत्रा १३ वर्षमा प्रवेश गरेकी छिन्। 

हर्षालीले यो फिल्ममा मुन्नीको भूमिका निर्वाह गरेकी थिइन। उनले हालै तिहारको उपलक्ष्यमा केही फोटो सार्वजनिक गरेकी थिइन। 

जसमा उनी रातो सलवारमा निकै ठूलो देखिन्थिन्। उनले इन्स्टाग्राममा फोटो सेयर गर्दै लेखेकी पनि छिन्, ‘सबैलाई दिवालीको शुभकामना। आशा छ, भविस्यमा तपाईको समय खुसीमय हुनेछ।’

हर्षालीले २०१५ मा ‘बजंरगी भाइजान’ मा अभिनय गर्दा उनको उमेर ७ बर्ष थियो। उनले यसका लागि डेब्यू फिमेल अवार्ड पनि जितेकी थिइन। 

उनलाई फिल्ममा अनुबन्धित गर्नुअघि ८ हजार बालिकाबाट चयन गरिएको थियो। पहिले तीन केटीलाई सर्ट लिस्ट गरिएको थियो। 

करिब एक साताको वर्कसपपछि हर्षालीको चयन भएको थियो। 

हर्षालीले फिल्मलगत्तै ‘कुबुल है’ र ‘लौट आओ तुषा’ जस्ता टिभी सिरियलमा पनि काम गरेकी छिन्।

प्रकाशित मिति: : 2020-11-18 09:19:00

प्रतिकृया दिनुहोस्