निकिशा श्रेष्ठमाथि सडकमा भएको दुर्व्यवहारबारे छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

निकेश नाम भएकी ‘निकिशा’ श्रेष्ठमाथि सडकमा भएको दुर्व्यवहारबारे छानबिन तथा कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठ्ठी पठाएको छ। 

श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी दुई केटाहरुले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि  छानबिन गरी दोषीलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए। 

‘उक्त दुर्व्यवहार राजधानी काठमाडौंको कुन ठाउँमा हो भन्ने यकिन भइसकेको छैन। यद्यपी सत्यतथ्य बुझन हामीले पत्रचार गरेका छौं,’ उनले भने।

उनले उक्त भिडियो आफूले प्राप्त गरिसकेको समेत बताए। 

‘बाइकमा बसेर दुर्व्यवहार गरेको भिडियो हामीलाई प्राप्त भइसकेको छ। यसलाई मूल्यांकन गरेर छानबिन गर्न सम्बन्धित विभागलाई निर्देशन दिइएको छ,’ कडायतले भने। 

भिडियोमा श्रेष्ठलाई अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको छ। आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले सो समूहलाई लखेट्न खोजेको भिडियोमा स्पष्ट देखिन्छ। 

भिडियो साजन महर्जन

प्रकाशित मिति: : 2020-11-18 14:07:00

प्रतिकृया दिनुहोस्