बिएल संवाददाता
रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ।
रविकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै सर्वोच्चले उनलाई थुनामै राख्नुपर्ने फैसला गरेको हो ।
सर्वोच्चको यो फैसलापछि रवि अब जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामै हुनेछन्।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा जिल्ला अदालतले उनलाई धरौटी छोडे पनि उच्च अदालतको बुटवल इजलासले उनलाई थुनामा राख्न भनेको थियो ।
सो मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको थियो। तर उक्त आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले उच्च अदालतमा रिट दर्ता गरेपछि उच्चले उनलाई फेरि उनलाई थुनामा राख्न आदेश दिएको थियो।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया