काठमाडौंको जडीबुटीमा १६ वर्षअघि भएको लुटपाट घटनामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार मकवानपुर हेटौँडा उपमहानगरपालिका ७ बाट नागसोतिबाट ३९ वर्षीय जगन्नाथ ढकाललाई नियन्त्रणमा लिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएकाे छ।
२०६४ भदौ ६ गते काठमाडौं जिल्ला अदालतले ढकाललाई ६ वर्ष कैद र १ लाख ९६ हजार रुपैयाँको फैसला सुनाएको थियो। तर, उनी फरार थिए।
६१ असोज ७ गते नारायण खनाललाई बनेपाबाट मिटिङबाट बा.१६ प. ६८२१ नम्बरको मोटरसाइकलमा फर्कँदै गरेको अवस्थामा लुटपाट गरेका थिए।
पाँच जनाको समूहले सुरक्षाकर्मी हौं भन्दै मोटरसाइकल रोकी खनाललाई बोल्न नदिई मुखमा टेप लगाएर भ्यानमा राखी एकान्तमा लगेर लुटेको प्रहरीले जानकारी दिएको छ। उनको साथमा भएको १० लाख २५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएकाे छ।
घटनाको अनुसन्धानको क्रममा जगननाथ ढकालसहित ११ जना व्यक्तिहरुको संलग्नता खुलेको प्रहरीले जनाएकाे छ।