सरकारले थप्यो प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपाल प्रहरीमा एक अतिरिक्त महानिरिक्षक (एआइजी) थप्ने निर्णय गरेको छ।

एआइजीसहित पाँच प्रहरी नायव महानिरीक्षक (डीआइजी) को दरबन्दी थप गर्ने निर्णय गरेकाे हाे।

गृह मन्त्रालयले दरबन्दी थपको पत्र बिहीबार प्राप्त भएको जानकारी दिएको छ। मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेको भए पनि सोमबार स्वीकृत भएको थियो। योसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआइजी हुनेछन्।

नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण गत असोजमै भएको थियो।

हालसम्म तीन एआइजीको प्रावधान छ। एक एआइजी दरबन्दी थप भएसँगै बरिष्ठताको हिसाबमा विश्वराज पोखरेल एआइजीमा बढुवा हुनासाथ डिआइजीहरू  सहकुल थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदीलगायत आगामी प्रहरी महानिरिक्ष (आइजी) हुनेछन्।

यस्तै, पाँच डिआइजीहरूमध्ये एक जनाका लागि साइबर ब्युरोमा दरबन्दी कायम गरिएको छ। बाँकी चार जना डिआइजी प्रधान कार्यालयमा रहनेछन्। 

डीआइजीको संख्या जनपदथर्फ १९ पुगेको छ। गत चैतमा मात्रै सरकारले १२ डीआइजीको दरबन्दी कटौती गरेको थियो। अब थपिएका एआइजी मध्ये महानगरीय प्रहरी कार्यालयमा एक जना हुनेछन्। 

ओएन्डएम स्वीकृत भएसँगै संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुन्छ। संघीय राजधानी प्रहरीअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर रहने छन्।

पहिले यी राजधानी बागमती प्रदेश मातहत थियो। 

संघीय राजधानी प्रहरी गठन हुने भएपछि हाल महानगरको अवधारणामा रहेको मेट्रो प्रहरी हट्छ। 

प्रकाशित मिति: : 2020-11-19 18:04:00

प्रतिकृया दिनुहोस्