बा त बा हुन्, तरुलको नाश

गोरखापत्र

काठमाडाै‌

श्यामल अधिकारी

देशको भविष्यलाई दुई चार जना नेताको घरमा लगेर थुनिएको छ मैले ४६ सालताकाको दृष्टिको कुनै अङ्कमा प्रसंगवश मेरो गृहजिल्ला दैलेखमा प्रचलित एक लोककथाका आडमा एक लेख लेखेको थिएँ । यो कथा मेरी आमाले उहाँकी आमाबाट र उहाँकी आमाले पनि आफ्नी आमाबाट सुन्नुभएको थियो । अर्को एक कथा मेरा बाले आफ्ना बा अर्थात् मेरा बाजेबाट र बाजेले जिज्युबुवाबाट सुन्नुभएको थियो । लोकविवेकका यस्ता अनगिन्ती कथाहरूले हाम्रो समृद्ध सभ्यता र संस्कृतिको निर्माण गरेका छन् । तिनमा ठाडै केही भनिएको हुन्न, पात्र र परिवेशको सहारामा हामीलाई विवेक दिइएको हुन्छ ।
अहिले सत्तासीन नेकपाभित्रको रडाकोका सन्दर्भमा ती दुईटै कथा सान्दर्भिकजस्ता लाग्छन् । नेकपा माक्र्सवादी पार्टी रह्यो कि रहेन, लामै
बहस गर्न सकिन्छ । कम्तीमा पनि माक्र्सवादीहरू परिस्थितिको ठोस विश्लेषण गर्नमा रुचि राख्छन् । अहिलेको परिस्थितिमा भने ऊ सत्तासीन छ । तर, क्रमशः मनोरोगग्रस्त, कर्तव्यच्यूत, विवेकले नचल्ने, भावुकता र भावावेशमा जे पनि गर्न तम्सने र अन्ततः गहिरो विषादले घेरिएर आफ्नै कन्चटमा गोली दाग्न लागेको सिपाहीजस्तो छ । टाढाबाट यस्तो भद्रगोल अवस्था देखिरहेकाहरू भन्छन्– भावावेशमा उसले कतै कन्चटमा गोली नदागोस् ।
प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक छन्, उहाँकै कामरेडहरू भन्छन् । उहाँलाई गरिएका गल्तीका लागि त राजावादी, राप्रपा, काँग्रेस, राप्रपा र राजपाले पनि क्षमा दिने छैनन् र तिनका ऐतिहासिक भुलहरूबाट आत्तिएर तिनलाई भ¥याङको फेदैमा रोक्ने महान् नेपाली जनताले पनि अन्ततः क्षमा दिने छैनन् । तर, नगरिएको गल्तीका लागि कदाचित् राम्रा कामका लागि समेत आफ्नै कामरेडहरूले कुनै पनि हालतमा काम गर्न नदिने कसम खाएजस्तो गरी पछि लागेको देखिनु उदेकलाग्दो विषय हो । पद्धति र अनुशासनका कुरामा विश्वास गर्नेहरूका लागि यो कमरेड्ली व्यवहार हुँदै होइन, बर्बर आखेटक व्यवहार हो ।

प्रधानमन्त्रीका रूपमा ओलीले गरेका तीन महŒवपूर्ण काम हुन् ः पहिलो, भारतको क्षेत्रीय प्रभुत्व अस्वीकार गर्नु र भारतले थोपरेको नाकाबन्दीका बेला नेपालको शिर ठाडो पारेर नेपाली जनभावनाअनुरूप दृढ रूपले उभिएर सामना गर्नु । दोस्रो, राजनीतिक सङ्क्रमणका नाममा खस्कँदै गएको राष्ट्रिय मनोविज्ञानलाई उकासेर जनतालाई केही हुन्न भन्नेबाट केही हुन सक्छ भनी स्वप्नशील बनाउनु र तेस्रो, राजनीतिक अस्थिरताको अन्त्य गरी नेपालीलाई स्थायित्वको सन्देश दिन बहुमत प्राप्त गर्नु । 

प्रकाशित मिति: : 2020-11-20 08:51:00

प्रतिकृया दिनुहोस्