प्रहरीका ३३ एसएसपीको सरुवा (नामसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। कात्तिक ७ गते आइतबारदेखि लागू हुने गरी गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको हो। 

गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहलाई महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयले हाल प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवालीको सरुवा गर्दै सिंहलाई पठाएको हो। 

यता ललितपुर परिसरमा एसएसपी किरण बज्राचार्यको सरुवा गरिएको छ। त्यहाँ टेकप्रसाद राई प्रमुखको जिम्मेवारीमा थिए।

यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका प्रमुख जनक भट्टराई छन्। अहिले रामशाह पथमा भीमप्रसाद ढकाल छन्।  

प्रकाशित मिति: : 2020-11-20 14:26:00

प्रतिकृया दिनुहोस्