चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपालयात्रा एक दिनको मात्र हुने

बिएल संवाददाता

काठमाडाै‌ं

चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपालयात्रा एक दिनको मात्र हुने भएकाे छ।

यो भ्रमण मंसिर १४ मा हुने र रक्षामन्त्री फेङ्हे त्यही दिन फर्कने उच्च सरकारी स्रोतले जनाएको छ।

राष्ट्रपति सी जीनफिङको गत वर्षको भ्रमणपछि रक्षामन्त्री नेपाल आउन लागेका हुन्। 

मन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ।

रक्षामन्त्री फेङ्हेसँग उच्च चिनियाँ सैनिक अधिकृतहरु पनि आउने छन्।
 

प्रकाशित मिति: : 2020-11-20 17:49:00

प्रतिकृया दिनुहोस्