हत्या गर्न पेस्ताेल लिएर छठघाट पुगेका युवक पक्राउ

सिरहा प्रहरीले गोली र पेस्तोलसहित छठघाटबाट एक जनालाई पक्राउ गरेको छ।

औरही गाउँपालिका ४ बस्ने रबिन दासलाई जदेवबारा पोखरीको छठघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका दासको साथबाट एक थान सानो पेस्तोल र ३ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

दासले वडा नम्बर ५ मै बस्ने स्थानीय विनोद यादवलाई मार्ने योजना बनाएर पेस्तोल र गोली बोकेर घाटमा आएको प्रहरीको दावी छ । 

तर उनको योजनाबारे स्थानीयहरुबाट प्रहरीले पहिले नै सूचना पाएपछि तत्कालै छठघाट पुगेर उनलाई नियन्त्रणमा लिन सफल भएको हो।

थप अनुसन्धानको लागि दासलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

प्रकाशित मिति: : 2020-11-21 19:36:00

प्रतिकृया दिनुहोस्