सिमकोटको कृषि विकास कार्यालयको गेट बाहिर शंकास्पद वस्तु फेला

संकेतिक तस्वीर
संकेतिक तस्वीर

हुम्लाको सिमकोट बजारस्थित लोकतन्त्र चोकमा रहेको कृषि विकास कार्यालयको गेटमा शंकास्पद वस्तु भेटिएको छ।

कृषि विकास कार्यालयमा भेटिएको शंकास्पद वस्तुका बम भएकोसुरक्षा निकायले आशंका गरेका छन्। 

अहिले घटनास्थलमा नेपाली सेनाको नयाँ भैरवी दल गुल्म रानीवनको टोली पुगेको छ।  

उक्त शंकास्पद वस्तु कसले राखेको सो कुरा खुल्न नसकेको प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताए ।

प्रकाशित मिति: : 2020-11-22 12:17:00

प्रतिकृया दिनुहोस्