हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध

‎‎बुधवार रातिदेखि कर्णालीमा विद्युत् सेवा अवरुद्ध भएको छ। ‎

विद्युत् प्राधिकरण कार्यालय सुर्खेतका अनुसार हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएका छन्।

‎‎‎कहाँ क्षति भएको छ भन्ने विषयमा खोजी कार्य भइरहेको छ। ‎अहिलेसम्म क्षतिग्रस्त स्थान पत्ता नलागेका कारण विद्युत् सुचारु हुन समय लाग्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: : 2025-04-10 07:33:00

प्रतिकृया दिनुहोस्