जुम्लामा भिरबाट लडेर ७० भेडा मरे

फाइल तस्विर
फाइल तस्विर

जुम्लाको तातोपानी गाउँपालिका– ७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भिरबाट लडेर ७० भेडा मरेका छन्।

स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गएराति भिरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए।

मगे र सिउल दाजु-भाइ हुन्। अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाकाअनुसार उनीहरुका १ सय २ भेडामध्ये भिरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन्। ३१ भेडा बेपत्ता छन्। गोठ रित्तो भएपछि भेडापालक रावत दाजु-भाइ घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन्।

पीडित भेडा रावत दाजु-भाइलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

प्रकाशित मिति: : 2024-05-07 20:19:00

प्रतिकृया दिनुहोस्