डिम्पलको हलिउडको डेब्यु फिल्म भारत र श्रीलंकामा प्रदर्शन हुने

निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतिक्षित जासूसी थ्रिलर सिनेमा टेनेट’ यही ४ डिसेम्बर २०२० मा भारत र श्रीलंकामा रिलिज हुने निश्चित भएको छ।

६३ बर्षीय भारतीय भेट्रान नायिका डिम्पल कपाडिया यो सिनेमाबाट हलिउडमा डेब्यु गर्दैछिन्।

 कपाडियाको साथ् यो सिनेमा मा जन डेभिड वासिङ्टन, माइकल केन, हिमेश पटेल र एलिजाबेथ डेबिकीले पनि अभिनय गर्नेछन्। 

गत अगस्त मा बेलायत लगायत केहि देशमा रिलिज गरिएको यो सिनेमाले कोरोना महामारीमा पनि राम्रो कमाईं गरेको थियो अर्थात् सिनेमा सुपरहिट भएको थियो।

प्रकाशित मिति: : 2020-11-23 08:48:00

प्रतिकृया दिनुहोस्