बब डायलनको गीतिसंग्रह पाँच लाख डलरमा लिलाम

नोवल पुरस्कारबाट सम्मानित लेखक तथा गायक बब डायलनको हस्तलिखित पुरानो गीतिसंग्रहको लिलामी भएको छ। 

‘ब्लोइङ इन द विन्ड’ लगायत थुप्रै रचनाको संगालो लगभग पाँच लाख अमेरिकी डलरमा लिलामी भएको आरआर अक्सन कम्पनीले जनाएको छ। ‘ब्लोइङ इन द विन्ड’ रचना उनका साथी टोनी ग्लोभरसँग सुरक्षित थियो, जसको निधन गत वर्ष भएको थियो। 

लिलामीमा बसेको एक साताभित्र डायलनको गीतिसंग्रह बिक्रि भएको बताइएको छ। ६० को दशकका चर्चित गायक तथा लेखक डायलनको प्रभावले थुप्रै व्यक्ति संगीत क्षेत्रमा प्रवेश गरेका थिए। 

लिलामीमा उनको रचनाका लागि ४ लाख ९५ हजार डलरको बोली लागेको आरआर अक्सनको भनाई छ। 

उनलाई सन् २०१६ मा नोवेल पुरस्कारबाट सम्मानित गरिएको थियो।

प्रकाशित मिति: : 2020-11-23 13:08:00

प्रतिकृया दिनुहोस्