पञ्चायतले खनेको सडकको नाम फेरियो, चुनावी नारा बनाएर कोही सांसद बने कोही मन्त्री : तर ३६ सालको बाटो उस्तै

पहिलोपोष्ट

सुर्खेत 
तस्बिर : पहिलोपोष्ट

पी बी खड्का

 २०३६ सालमा ट्रयाक खुलेको धुलियाबिट–भेडावारी सडक खण्ड अहिले पनि पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ। यो सडकको स्तरोन्नति गर्ने चनुावी नारा बनाएर पटकपटक निर्वाचन जितेका नेताहरु सांसददेखि मन्त्रीसम्म बने। तर सडकको अवस्था भने सुधार हुन सकेको छैन।

प्रदेशको राजधानी सुर्खेतको मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाबिट–भेडावारी सडकको ट्र्याक खुलेको झण्डै ४१ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन नसकेको हो। तत्कालिन जिल्ला पञ्चायत सभापति तुल्सीप्रसाद शर्माले सडक सुरुवात गरेपनि त्यसयता नेकपा र कांग्रेसका दर्जनौँ नेताले चुनावी नारा बनाएर निर्वाचन जिति सांसददेखि मन्त्रीसम्म बनेर नेताहरुको मुहार फेरियो। सडकको दुरावस्था भने फेरिएको छैन। विस्तृत शान्ति सम्झौतापछि दशरथपुरस्थित पूर्व माओवादीको अस्थायी शिविर स्थापना हुदाँ तंग्रिन सुरु गरेको यो सडक अहिले बेहाल अवस्थामा छ। अस्थायी शिविर बसेकै कारण ग्राभेलसम्म भएको यो सडक अहिले त्यो बाहेक अरु स्तरोन्नति हुन सकेको छैन। ‘अहिले स्तरोन्नती हुन्छ भनेर मदन भण्डारी राजमार्ग भनेर चर्चा चलाएका छन्,’ लेकबेशी नगरपालिका वडा नं. ४ का स्थानीय रमेश ढकाल भन्छन,‘बाटो बनाउँछौँ भनेर चुनाव ताका सबै पार्टीका नेता कार्यकर्ता लाग्छन्, चुनाव जितेर गएपछि फर्केर हेर्दैनन्।’ फेरि थपे, ‘बाटो जस्तो थियो, उस्तै छ।’

प्रकाशित मिति: : 2020-11-24 12:40:00

प्रतिकृया दिनुहोस्