बालिका हत्या प्रकरण: निषेधाज्ञा तोड्दै प्रदर्शनकारी सडकमा, ढुंगामुढाबाट २ प्रहरी घाइते

बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोधमा प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा जारी गरेपनि स्थानीयवासी ढुंगामुढा उत्रिएका छन्।

निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा परि २ जना प्रहरी घाइते भएका छन्। 

निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका छन्।

 घटनामा प्रहरी जवान अर्जुन प्रसाद बानियाँको बियरको बोतलले लागि चिउडोमा काटेको र अर्का एक प्रहरीको घुँडामा चोट लागेको छ। 

उनीहरुको उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले जानकारी दिए।

स्थिती असामान्य बनेपछि प्रहरीले निरन्तर अश्रु ग्यास प्रहार गरिरहेको छ भने प्रदर्शनकारीहरु नारा र जुलुस लगाउँदै सडकमा उत्रिएका छन्।

प्रदर्शनका क्रममा मंगलबार प्रहरीको गोली लागि घाइते भएका सञ्जय न्यौपानेको ज्यान गएको छ। 

मृतक सञ्जयलाई शहिद घोषणा गर्नुपर्ने, पीडित र घाइतेलाई उपचार गर्दै क्षतिपूर्ति तिर्नुपर्ने र बालिकाका हत्यारालाई कडा कारबाही गर्नुपर्ने सर्वपक्षिय मागसहित बर्दिवासमा आन्दोलन चर्किएको हो।

प्रकाशित मिति: : 2020-11-25 17:59:00

प्रतिकृया दिनुहोस्