मेलिनाको ‘कस्तो होला मन’ सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

‘नभेटेको वर्षौँ दिन भइसक्यो, फूलको थुङ्गा ओइलेर गैसक्यो, पर्खौं कति झन्, भेटौँ नि नलाग्ने कस्तो होला मन.....’ भन्दै मेलिना राई गुनासो गर्छिन्, मन कुँडिएर पोखिन्छिन्। 

यो गीतको बोल हो। प्रेमीप्रेमिका टाढिएर पनि प्रेमको झन गहिरो अनुभूति गरिएको विषयलाई कृष्ण उदाशीले शब्दमा बुनेका हुन्, यी। 

यसलाई संगीतमा निक्कै खारिएका गौरभ दर्पणले मार्मिक धुन भरेका छन्। कुशल सिंहको संगीत संयोजनमा बाजाहरू हालेपछि बनेको सुमधुर ट्रयाकमा मेलिनाले मनमुटु हालेर गाएकी छिन्।

अजयसिंह कार्कीले एकोष्टि स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ र माष्टरिङ गरेका हुन्। 

गीतलाई भिडियोमा उतार्न पनि उक्तिकै मिहेनत गरेको देखिन्छ। गीत बनिसकेपछि स्वयम् गौरभ दर्पणले नै भिडियोको परिकल्पना गरेर निर्देशन गरेका हुन्। 

गीतको भिडियोमा कविमिलन विश्वकर्माले कोरियोग्राफी गरेका हुन्। बालकलाकार विनम्र भट्टराई र कौशिन कार्की, कलाकार सुदीपजङ कार्की र सदीक्षा सुवेदीले गरेको सुन्दर अभिनयलाई क्यामरामा कैद गरेका हुन्।

भिडियोलाई सम्पदन गरेर विकास धमलाले अझ रङ्गिन र सुन्दर बनाएका हुन्।

अनि तयारी भएको भिडियो ‘ट्युन एण्ड टोन एन्टरटेनमेन्ट’ बाट सार्वजनिक भएको छ।

प्रकाशित मिति: : 2020-11-26 19:31:00

प्रतिकृया दिनुहोस्