१० हजार ४ सय ६० काे पीसीआर परीक्षण, १७ सय ३ मा कोरोना पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण गर्दा उनीहरुमा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १२ सय ३६ जना डिस्चार्ज भएका छन्। 

हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको मन्त्रालयले जनाएकाे छ। 

योसँगै सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-27 16:33:00

प्रतिकृया दिनुहोस्