प्रसिद्ध अमेरिकी लोकगायक हल केचुमको निधन

प्रसिद्ध अमेरिकी लोकगायक हल केचुमको निधन भएको छ। 

चार दिन अगाडी उनको निधन भएको भएपनि आज मात्र उनकी पत्नी एण्ड्रा केचुमले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरेकी हुन्। 

९ अप्रिल १९५३ मा न्युयोर्कमा जन्मेका गायक केचुमको ‘स्मल टाउन’, ‘स्टे फरइभर’, ‘आइ मिस माइ मेरी’, ‘फल इन लभ अगेन’ जस्ता लोकप्रिय गीतहरु रहेका छन्। 

गिना केचुम र ट्रिल ट्रेसँग पारपाचुके भएपछि आफ्नी तेश्री श्रीमतीसँग जीवन बिताइरहेका गायक केचुमको निधन टेक्सासस्थित फिसर सहरमा आफ्नै निवासमा भएको हो।
 

प्रकाशित मिति: : 2020-11-27 19:51:00

प्रतिकृया दिनुहोस्