गोरखामा कोरोना संक्रमणबाट ७५ वर्षीया वृद्धाको मृत्यु

गोरखा नगरपालिका ६ मा कोरोना संक्रमणबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।

उपचारको क्रममा शुक्रबार बेलुकी साढे आठ बजेतिर उनको मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ८ गते उनी अस्पताल भर्ना भएकी थिइन्। 

मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो। 

प्रकाशित मिति: : 2020-11-28 10:04:00

प्रतिकृया दिनुहोस्