‘पसिनाका पाइला’ पहिल्याउँदै जाँदा ...

लोकान्तर

काठमाडौँ
तस्बिर : लोकान्तर
  • शेषराज भट्टराई

एउटा असल सिद्धहस्त हाँस्यव्यंग्य निबन्ध लेखकले हाँस्यव्यंग्यपरक उपन्यास लेख्नु आफैंमा सुखद् पक्ष मान्नुपर्छ । ‘पसिनाका पाइला’ हाँस्यव्यंग्यका प्रखर लेखक लक्ष्मण गाम्नागेद्वारा लिखित सामाजिक उपन्यास हो ।

हाम्रै बानी व्यहोरा हाम्रै समाजबाट निर्देशित भए गरेका घटनाक्रमलाई आफ्नो लेख्य कौशलद्वारा मिठासपूर्ण उपन्यासको रूप दिन सफल भएकोमा आमपाठक खुशी नहुने कुरै हुँदैन । २३६ पेजमा विस्तारित उपन्यासमा १९ खण्डहरू छन् ।

उपन्यास १० दिनमा लेखिसकिएको र नाम जुराउन १५ दिन लागेको भए तापनि सामान्य क्षमताका अर्थात् मध्यम पठन क्षमता भएका मान्छेलाई पढ्न लगभग २४ घण्टा लाग्छ । भाषा अत्यन्त सरल, सुरुचिपूर्ण खालका चयन गरिएका छन् । लोकल अर्ग्यानिक भाषाको कमी पनि छैन । उपन्यासका यथा प्रसंग कथा वस्तुलाई पूर्णता दिन चिठी पत्रको सहारा पनि लिइएको छ ।

देशमा लोकतन्त्र नभएको परिदृश्यका लागि नै लेखकले ध्रुवलाई शहीद बनाएका छन् । कि उर्मिलालाई हण्डर खुवाउन पो हो कि ? ध्रुव मारिए । उर्मिलाले पाएको दुःखको तुलनामा सहदेवको दुःख नगण्य लाग्छ । एउटी टुहुरी उर्मिलालाई सानैदेखि कतिसम्म दुःखकष्ट भोग्नु पर्दाे रहेछ र पनि महिला खुशी बाँड्न छोड्दैनन् । हजार हण्डर सहन पनि सक्नुपर्छ । हिम्मत हार्नु हुँदैन र अबोध गर्भलाई समेत अन्याय गर्नु हुँदैन भन्ने सन्देश उपन्यासले दिन सफल छ । उपन्यासमा महिला पात्रहरू निकै सशक्त रूपमा प्रस्तुत भएका छन् ।

प्रकाशित मिति: : 2020-11-28 12:29:00

प्रतिकृया दिनुहोस्