वीरगञ्जमा नेपाल-भारत सीमा खुलाउन माग गर्दै धर्ना शुरु

नेपाल-भारत सीमा खुलाउन वीरगञ्जका संचेत नागरिक समाजले धर्ना शुरु गरेको छ।

शनिवारदेखि वीरगञ्ज भन्सार कार्यालय अगाडि विहान ९ बजेदेखि १० बजेसम्म अनिश्चितकालिन धर्ना शुरु गरिएको हो।

नेपाल भारत खुल्ला संवाद समूहको आयोजनामा विभिन्न संघसंस्थाहरुको सहभागीतामा धर्ना शुरु गरिएको समूहका संयोजक कृष्ण पटेलले जानकारी दिए।

उनका अनुसार नेपाल भारत सीमाबन्द हुँदा दुबै देशका नागरिकलाई ठूलो व्यापार घाटा भएको छ। 

‘व्यापार घाटा उस्तै छ। अर्कोतर्फ सांस्कृतिक कार्य गर्न समस्या छ। त्यसैले यथाशिघ्र बोर्डर खुलाउनु पर्छ,’ उनले भने।

जसपाका नेता शिव पटेलले सीमा बन्द हुँदा दुबै क्षेत्रका व्यवसायी, होटल व्यवसायी, नागरिकको कारोबार चौपट भएको र विवाहको लागि पनि घरपरिवार ठूलो सास्ती भएको बताए।

जबसम्म बोर्डर खुल्दै तबसम्म धर्ना जारी राख्ने सहभागीहरुले बताएका छन्।

खुल्ला सीमाना खुल्ला गरौं,लकडाउन अवधीमा हरेक नागरिकलाई १० हजार भत्ता सरकारले उपलब्ध गराउनु पर्ने जस्ता नारा लगाइएको छ।

प्रकाशित मिति: : 2020-11-28 18:58:00

प्रतिकृया दिनुहोस्