नुवाकोटमा चिलसँग हेलिकप्टर ठाेकियाे, ६ जना घाइते

बिएल संवाददाता

काठमाडाै‌ं

गलकोटबाट काठमाडौं उडेको हेलिकप्टर चिलसँग ठोकिएर नुवाकोटमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर कैलाश हेलिकप्टर सर्भिसेस्को ‘नाइन एनए जेजे’ हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो। 

गलकोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीका अनुसार उडिरहेको हेलिकप्टरमा चिल ठोकिएपछि बेलकोटगढि गाँउपालिका ६ मा आकस्मिक अवतरण गरिएको हो। 

हेलिकप्टरमा सवार गलकोट नगरपालिका ३ का अध्यक्ष भण्डारीसहित गलकोट नगरपालिका ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताइएको छ। भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ।  

चरा ठोकिँदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ। यस्तै अगाडिको भागमा क्षति पुगेको छ। 

प्रकाशित मिति: : 2020-11-29 14:47:00

प्रतिकृया दिनुहोस्