विश्वकप छनोट

नेपालको ३४ ओभरमा दोस्रो विकेट पतन

आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। जिम्बाब्वेको हरारे स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले ३३.५ ओभरमा दोस्रो विकेट गुमाएको हो।

नेपालका ओपनर कुशल भुर्तेल ९९ र आशिफ शेख ६६ रन बनाएर आउट भए।

कुशल शतक पूरा गर्नबाट मात्रै १ रनले चुके। उनी ९५ बलमा ९९ रन प्रहार गरेका हुन्। त्यस्तै आशिफ १०० बलमा ६६ रन बनाएर आउट भए।

उनीहरु दुई ओपनरले १ सय ७१ रनको साझेदारी गरे।

नेपालले अहिले ३३.५ ओभरमा १ सय ७४ रन बनाएर खेलिरहेको छ। नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेल ब्याटिङमा छन्।

प्रकाशित मिति: : 2023-06-18 15:11:00

प्रतिकृया दिनुहोस्