कलाकार डेविड चार्ल्स प्राउजको निधन

बहुचर्चित सिनेमा स्टार वार्समा ‘डर्थ वार्डर’को चरित्रमा अभिनय गरेर प्रशिद्ध भएका कलाकार डेविड चार्ल्स प्राउजको निधन भएको छ। 

१ जुलाई १९३५ मा बेलायतमा जन्मेका नायक प्राउज प्रख्यात बडी बिल्डर पनि हुन्। उनको शनिबार निधन भएको हो।

 छ फुट छ इन्च अग्ला नायक प्राउजले करिव ५० वर्षसम्म सिनेमाहरुमा अभिनय गरे।

स्टार वार्स सिरिजको सिनेमाबाट चर्चा कमाएपनि प्राउजले ‘स्पेस १९९९’, ‘एज यु लाइक इट’ र ‘आइ एम योर फादर’ जस्ता सफल सिनेमाहरुमा पनि अभिनय गरेका छन्।  

बेलायती सरकारले बच्चाहरुको लागि आयोजना गरेको सडक सुरक्षा कार्यक्रममा पनि उनलाई ‘ग्रीन क्रस कोड म्यानू’ अर्थात् स्रोत ब्यक्तिको रुपमा प्रयोग गरेको थियो। 

 सन् १९६८ मा प्रदर्शित सिनेमा ‘हैमरहेड’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका प्राउजको बारेमा पुस्तकहरु पनि प्रकाशित छन्।

प्रकाशित मिति: : 2020-11-29 22:01:00

प्रतिकृया दिनुहोस्