उदित नारायणको छोराको बिहे १ डिसेम्बरमा

चर्चित गायक उदित नारायण झाका छोरा आदित्यको विवाहको सबै तयारी पुरा भएको छ। आदित्यले १ डिसेम्बरमा लामो समयदेखिकी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन्। 

२९ नोभेम्बरमा उनीहरू बीच तिलकको कार्यक्रम भएको थियो। कार्यक्रममा श्वेता आफ्नो सासु–ससुरा उदित र दीपा नारायणसँग देखिएकी थिइन्। 

यसअघि आदित्यले आफ्नो पोस्टमा लेखेका थिए, ‘हामी विवाह गर्दैछौं। ११ वर्ष लामो प्रतिक्षापछि हामी अन्तत डिसेम्बरमा विवाह गर्दैछौं। विहेको तयारीका लागि सोसल मिडियाबाट ब्रेक लिदैछु। तपाईहरूसँग डिसेम्बरमा भेट हुनेछ।’

आदित्य र श्वेताले २०१० मा ‘शापित’ फिल्ममा काम गरेका थिए।

प्रकाशित मिति: : 2020-11-30 15:26:00

प्रतिकृया दिनुहोस्