मोडेर्नाले कोरोनाविरुद्धको खोप व्यापक प्रयोगका लागि आज माग्दै अनुमति, कति पर्छ मूल्य?

अमेरिकी औषधि कम्पनी मोडेर्नाले काेराेना खोपको प्रयोगका लागि आफ्नो देश अमेरिका र युरोपका नियामक निकायसँग आज अनुमति माग्ने भएकाे छ। 

मोडेर्नाले कोरोना भाइरस रोक्न क्लिनिकल परीक्षणमा ९४ प्रतिशत प्रभावकारी देखिएको भन्दै खोपको प्रयोगका लागि अनुमति माग्न लागेकाे हाे।

तेस्रो अर्थात् अन्तिम चिकित्सकीय परीक्षणमा मोडर्नाले बनाएको खोप मानिसलाई कोरोनाबाट बचाउन ९४ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

अमेरिकी औषधि कम्पनी मोडर्नाले दिएको आवेदनअनुसार नियामक निकायले खोप परीक्षणको नतिजा तथ्यांक विश्लेषण गरेर खोप सुरक्षित छ कि छैन भनी पत्ता लगाएपछि प्रयोगका लागि अनुमति दिन नदिने अनुमति दिनेछ।

मेडेर्नाले आज नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए) सँग सङ्कटकालीन प्रयोगका लागि स्वीकृती (ईयूए) को माग गर्ने र यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति माग्ने बताइएको छ।

फाइजर कम्पनीले पनि आफूले विकास गरेको खोप प्रयोग अनुमतिका लागि आवेदन दिइसकेको छ। परीक्षण क्रममा उसले बनाएको खोप पनि मोडर्नाको खोपजत्तिकै प्रभावकारी देखिएकाे छ। 

गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरस्थित अस्पतालमा उपचारका क्रममा पहिलो पटक पत्ता लागेको कोराेनाका कारण एक वर्षको अन्तरालमा विश्वका सबै मुलुकमा महामारीको रूप लिइसकेको छ।

यद्यपि अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रूसलगायतका यूरोपेली मुलकहरू बढी प्रभावित छन्।

अमेरिकापछि बढि सङ्क्रमण रहेका मुलुकहरू भारत, ब्राजिल, रूस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन्।

कति पर्छ मूल्य?

मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ। खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीकाले बताएको छ। 

कम्पनिका अनुसार यो खोपको मूल्य फ्लुको खोप बराबरकै हो। फ्लुको खोपको भाउ १० देखि ५० डलरको बीचमा रहने छ।

ईयूका अधिकारीहरुले युरोपेली कमिसनले २५ डलरभन्दा कम मूल्यमा कोरोना खोप किन्ने प्रयास गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-12-01 08:06:00

प्रतिकृया दिनुहोस्