‘द भ्याम्पस’ ८ वर्षपछि संगीतको संसारमा फर्किदैँ

बेलायतको लोकप्रिय पप रक ब्याण्ड ‘द भ्याम्पस’ पुनः संगीतको संसारमा फर्किएको छ।

२०१२ देखि बिश्राम लिएको यो समूह छिटै अर्थात् डिसेम्बरको अन्तसम्ममा आफ्नो नयाँ एल्बम ‘चेरी ब्लासम’ लिएर दर्शक श्रोता माझमा आउने भएको हो।

यो समूहका प्रमुख गायक ब्रैडलि सिम्पसन हुन् भने बेस गिटारिस्ट कोनोर बाँल, ड्रम वादक ट्रिस्टन इभान्स र  प्रमुख गिटारवादक जेम्स म्याकबे हुन्।

मानसिक र शारीरिक थकानले केही समय ब्रेकको लिएर आफूहरु पुनः सांगीतिक यात्रामा फर्किएको उनीहरुले बताएका छन्।

बेस गिटारिस्ट बाँलका अनुसार छ वर्षदेखि हरेक दिन करिब दुई घण्टाको लाइभ शो गर्नु निकै कठिन कार्य हो।

उनीहरुका अनुसार नयाँ एल्बममा दर्शक श्रोताहरुले नयाँ संगीत र ध्वनीको मज्जा लिनेछन्।

यो समूहका केही लोकप्रिय एल्बमहरुमा ‘वेक अप’, ‘मिसिङ्ग यू’, ‘नाइट एण्ड डे’, ‘समबडी टू यू’ लगायत छन्

प्रकाशित मिति: : 2020-12-01 09:00:00

प्रतिकृया दिनुहोस्