एमाले जिल्ला अधिवेशन

एमाले दाङको सर्वसम्मत अध्यक्ष बन्दै हुकुम बस्नेत

नेकपा एमालेको जिल्ला अधिवेशनको मिति नजिकिएसँगै दाङमा नेतृत्वको बहस सुरू भएको छ। सक्षम र अनुभवि नेता हुकुम बस्नेतलाई सर्वसम्मत अध्यक्ष बनाउन जिल्लाका पार्टी नेताहरू लागिपरेका छन्। 

कम्युनिष्ट आन्दोलनमा तीन दशकदेखि अनवतर लागिपरेका हुकुम नेतृत्वमा आउँदा जिल्लाको पार्टी सशक्त र बलियो बन्ने भन्दै नेताहरूले १३ जिल्ला अधिवेशनमा हुकुमको बिकल्पमा छलफल नै नहुने बताएका छन्।

जिल्लाको भाबी नेतृत्वका लागि सम्भाव्य पात्रका रूपमा हेरिएका अनुभवि र पुराना नेता शिवकुमार आचार्य स्वयंले हुकुमलाई जिल्ला अध्यक्षमा प्रस्ताव गरेर हुकुमको विकल्पमा कोही नभएको प्रमाणित गरिदिएका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता आचार्यले जिल्ला नेतृत्वमा हुकुमलाई प्रस्ताव गरेको र आउने प्रतिक्रियाको जवाफ दिन तयार रहेको बताएका छन्। ‘हुकुम बस्नेतलाई एमाले दाङ जिल्लाको अध्यक्षको निम्ति प्रताव पेश गर्दछु। प्रतिक्रिया पछि प्रति उत्तर दिनेछ,’ नेता आचार्यले फेसबुक स्टाटसमा लेखेका छन्।

नेता आचार्यको प्रस्तावपछि जिल्लाका सबैजसोले हुकुम अध्यक्ष बन्दा पार्टी सशक्त र बलियो हुने प्रतिक्रिया दिएका छन्। नेता आचार्यको प्रस्तावलाई स्वागत गर्दै एमाले दाङलाई चलायमान बनाउन हुकुमको बिकल्प खोज्न नहुने प्रतिक्रिया दिएका छन्। ‘सही निर्णय। अहिले दाङले हुकुम बस्नेतकै नेतृत्व खोजेको छ। प्रस्तावका लागि हजुरलाई धेरै धेरै धन्यवाद छ’, विनाेद शर्माले प्रतिक्रिया दिएका छन्।

नेता आचार्यको प्रस्तावमा शिव थापाले जिल्ला पार्टीको विकासका लागि हुकुमले खेलेको भूमिकाको कदर गर्दै हुकुमलाई नेतृत्वमा ल्याउनुपर्ने प्रतिक्रिया दिएका छन्। ‘शिव कमरेड हुकुम बस्नेतले दाङमा एमाले बचाउन जुन भुमिका पछिल्लो समयमा निर्वाह गरे त्यसको आधारमा अबको अध्यक्ष उहाँ नै हो’, नेता आचार्यको प्रस्तावमा थापाले प्रतिक्रिया दिएका छन्।

हुकुमका सहपाठी सेवकराम भण्डारीले हुकुम अध्यक्ष हुँदा पार्टी चलायमान हुने प्रतिक्रिया दिनुभएको छ। हुकुम आफ्ना जेल पार्टनर भएको बताउँदै भण्डारीले लेखेका छन्, ‘तपाई दियो हो कमरेड जसले आफू जलेर पनि सारा दुनियाँलाई उज्यालो दिन्छ, चौडा छाती भएका मेरा जेल पार्टनर आदरणीय कमरेड, हजुरलाई सलाम छ।’ 

शिव, सेवकराम र बिनोद जस्तै अरूण शर्माले पनि हुकुमलाई अध्यक्ष बनाउने नेता आचार्यको प्रस्ताव स्वागतयोग्य भएको बताएका छन्।

हुकुमलाई अध्यक्षमा प्रस्ताव गर्ने नेता आचार्यको प्रस्तावप्रति हर्ष व्यक्त गर्दै शर्माले प्रतिक्रिया दिएका छन्, ‘हावा चलिरहेको थियो पात हल्लिरहेका थिए। तर, त्यो सिङ्गो सतिसालले आफू जहाँ छु, त्यहि अडिरहने र हावाको बेग थाम्ने प्रतिज्ञा लियो। सलाम छ त्यस सतिसाललाई।’ शिव, सेवकराम र बिनोद र अरूण त उदाहरण मात्रै हुन्– पार्टीको १३ औं अधिवेशनबाट इमान्दार र त्यागी नेता हुकुमलाई जिल्ला अध्यक्ष बनाउन सबैले माग गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-12-26 10:45:00

प्रतिकृया दिनुहोस्