धरानमा कोरोनाका कारण उपचाररत् एक वृद्धाको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण उपचाररत् एक वृद्धाको मृत्यु भएको छ। 

दमक ३ झापाकी ८२ वर्षीया वृद्धाको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। 

वृद्धा मिर्गौलापीडित थिइन्। उनलाई मंसिर ७ गते बिपीको कोरोना अस्पताल भर्ना गरिएको थियो। 

प्रकाशित मिति: : 2020-12-01 13:59:00

प्रतिकृया दिनुहोस्