विवाह बन्धनमा बाधिँए आदित्य र स्वेता

प्रशिद्ध गायक उदित नारायणका छोरा आदित्य नारायण विवाह बन्धनमा बाधिँएका छन्। 

आदित्य आफ्नी प्रेमिका स्वेता अग्रवालसँग मंगलबार विवाह गरेका हुन्।

आदित्य र स्वेताबीच मुम्बईको जुहूस्थित इस्कान मन्दिरमा बिहे भएकाे हाे।

आदित्यले केही दिनअघि एक अन्तर्वार्ताका क्रममा कोरोना भाइरसको महामारीका कारण परिवारका सदस्य र नजिकका साथीहरुलाई मात्रै विवाहमा बोलाएकाे बताएका थिए।

महाराष्ट्र सरकारले विवाहमा ५० जनाभन्दा बढी मानिसहरु सहभागी हुन नपाउने निर्णय गरेको छ। जसका कारण मन्दिरमा सामान्य तरिकाले विवाह गरेका हुन्।

विवाहपछि आज मुम्बईको एक पाँचतारे होटलमा रिसेप्सन पार्टी हुने छ।


 

प्रकाशित मिति: : 2020-12-02 09:06:00

प्रतिकृया दिनुहोस्