बेलायतमा फाइजर र बायोएनटेकलाई स्वीकृति, क्रिसमससम्म काेराेना खोप वितरण

बिएल संवाददाता

न्युयाेर्क

बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

फाइजर र बायोएनटेकको खोप सुरक्षित रहेको भन्दै बुधबार प्रयोगको लागि अनुमति दिइएको हो। 

परीक्षण क्रममा फाइजर र बायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको भन्दै प्रयोगका लागि अनुमति मागेको थियो। 

योसँगै कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति दिने देशमध्ये बेलायत पहिलो बनेको छ। 

स्थानिय सञ्चार माध्यमहरुका अनुसार यो खोप केही दिनमै उच्च जोखिममा रहेका दिन सुरु गरिने छ। 

बेलायतले फाइजरसँग करिब ४ करोड डोज खोप अर्डर गरिसकेको छ। 

तर फाइजरले भने पहिलो लटमा बेलायतलाई एक करोड डोज मात्रै उपलब्ध गराउने जनाएको छ। यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो।

तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको जनाएका छन्।

यता बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ।

तेस्रो अर्थात् अन्तिम चिकित्सकीय परीक्षणमा मोडर्नाले बनाएको खोप मानिसलाई कोरोनाबाट बचाउन ९४ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

मेडेर्नाले पनि अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए)सँग सङ्कटकालीन प्रयोगका लागि स्वीकृती मागिसकेकाे छ।  

यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति मागिसकेको हाे। 

मोडर्नाले दिएको आवेदनअनुसार नियामक निकायले खोप परीक्षणको नतिजा तथ्यांक विश्लेषण गरेर खोप सुरक्षित छ कि छैन भनी पत्ता लगाएपछि प्रयोगका लागि अनुमति दिन नदिने निर्णय गर्ने छ।

मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ। खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीकाले बताएको छ। 

कम्पनिका अनुसार यो खोपको मूल्य फ्लुको खोप बराबरकै हो। फ्लुको खोपको भाउ १० देखि ५० डलरको बीचमा रहने छ।

युरोपेली कमिसनले २५ डलरभन्दा कम मूल्यमा कोरोना खोप किन्ने प्रयास गरिरहेको जनाइएको छ।

यदि अनुमती दिए खोप सुरुमा एनएचएसका कर्मचारीलाई र त्यसपछि ‘केयर होम’मा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ। 

दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ।

यता सरकारले पनि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो।

बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री बोरिस जोन्सन कार्यालयले जनाएको छ।

जोन्सनले जहावीलाई कम्तीमा आउँदो ग्रीष्मयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको बताइसकेका छन्।

गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरस्थित अस्पतालमा उपचारका क्रममा पहिलो पटक पत्ता लागेको कोरोनाका कारण एक वर्षको अन्तरालमा विश्वका सबै मुलुकमा महामारीको रूप लिइसकेको छ।

यद्यपि अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रूसलगायतका यूरोपेली मुलकहरू बढी प्रभावित छन्।

अमेरिकापछि बढि संक्रमण रहेका मुलुकहरू भारत, ब्राजिल, रूस, फ्रान्स, स्पेन, बेलायत, इटली र अर्जेन्टिनालगायत रहेका छन्।

प्रकाशित मिति: : 2020-12-02 16:01:00

प्रतिकृया दिनुहोस्