सन्दीप कोरोना संक्रमणमुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्। 

बुधबार एक भिडियाे सन्देश जारी गर्दै आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन्।

सन्दीपले १० दिन आइसोलेसनमा बसेपछि कोरोनामुक्त भएको जनाएका छन्। उनी शनिबार साँझ ह्याम्स अस्पतालमा भर्ना भएका थिए।

उनले कोरोनामुक्त भएपछि आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

कोरोना लागेपछि सन्दीप काठमाडौंमा भइरहेको नेपाली राष्ट्रिय क्रिकेट टिम बन्द प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन्।  

उनले आफू मैदानमा उत्रिन आतुर भएको बताएका छन्। 

नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ। सुरुवाती २२ र पछि पाँच थप गरि कुल २७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।

डिसेम्बर १० देखि अष्ट्रेलियामा सुरु हुने बिग बास लिग (बीबीएल) खेल्न जानुअघि सन्दीपले एक साता जति राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन सक्ने व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन्।

प्रकाशित मिति: : 2020-12-02 17:18:00

प्रतिकृया दिनुहोस्