बौद्धमा एक महिला छोरीसहित मृत अवस्थामा फेला

बिएल संवाददाता

काठमाडाै‌ं

बौद्धस्थित गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला छोरीसहित मृत अवस्थामा फेला परेकी छन्। 

२७ वर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकाे महानगरीय प्रहरी वृत्त बौद्धले जनाएकाे छ।

बौद्धका डीएसपी नवीन कार्कीका अनुसार सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ वर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेका छन्।

राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने डीएसपी कार्कीले बताए। 

‘राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने  हुनसक्छ। क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेका रहेछन्,’ डीएसपी कार्कीले भने।

उनका अनुसार झ्यालढोका सबै बन्द रहेकाे थियाे। 

दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी कार्कीले बताए।

प्रकाशित मिति: : 2020-12-03 12:23:00

प्रतिकृया दिनुहोस्