दाेस्राे विवाह गरेका पूर्वप्रेमी जोन सिनालाई दिइन् निक्की बेलाले बधाई

चलचित्र नायिका र पूर्व रेसलर निक्की बेलाले आफ्नो पूर्वप्रेमी तथा नायक तथा रेसलर जोन सिनालाई गत अक्टुबरमा भएको विवाहको लागि हालै बधाई दिएकी छिन्।

दश वर्ष लामो सम्बन्ध गत वर्ष टुङ्गिएको थियो। यो दुर्घटनाग्रस्त जोडी त्यसपछि सम्पर्कमा थिएनन्।

नायिका निक्कीकी जुम्ल्याहा बैनी तथा ‘डब्लु डब्लु इ’ की रेसलर ब्रि बेलाले यो रहस्यको खुलासा गरेकी हुन्।

ब्रिको अनुसार उनकै अनुरोधमा निक्कीले सिनालाई ‘विवाहको लागि बधाई, म यो कुराले निकै खुशी छु’ भन्ने सन्देश पठाएकी थिइन्।

२३ अप्रिल १९७७ मा बेस्ट न्युबरी, मासाचुसेटमा जन्मेका सिना र २१ नोभेम्बर १९८३ मा सान डिएगो, क्यालिफोर्नियामा जन्मेकी बेलाले सँगै कुनै चलचित्रमा अभिनय नगरेपनि यिनीहरु दुवै आफ्नो विधाको चलचित्रका कारण चर्चित र सफल छन्।

सिनाले अभिनय गरेका केही चलचित्रहरुमा द मरिन, ब्ल्कर्स, डुलिटल, सिस्टर्स आदि छन् भने बेलाले अभिनय गरेको चलचित्रमा टोटल बेलास, टोटल डिभाज, अमेरिकन निन्जा वारियर, एक्स्ट्रिम रुल्स आदि छन्।

प्रकाशित मिति: : 2020-12-04 07:48:00

प्रतिकृया दिनुहोस्