काँग्रेस महाधिवेशन

शशांक शेखरकै प्यानलमा, देउवा प्यानलले भ्रम फैलाएकाे सचिवालयकाे आराेप

File Photo
File Photo

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानकाे तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन्। मतदातालाई आफ्नाे पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नाे प्यानलमा राखेर प्रचार गरिरहेका छन्।

सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक काेइरालालाई आफ्नाे प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेकाे छ।

तर, शशांककाे निजी सचिवालयले भने यसलाई भ्रम भनेकाे छ।

शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए। तिवारीले भने,'उहाँ (शशांक)काे नाम दुवै समूहले राखेका छन्। तर, समर्थन शेखर कोइरालाको प्यानललाई नै हो।’ 

यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन्। इतरबाट सभापतिमा साझा उम्मेदवारकाे पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएकाे थियाे। शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन्।

प्रकाशित मिति: : 2021-12-13 09:34:00

प्रतिकृया दिनुहोस्