बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी  छन् ।

सशस्त्र प्रहरीको गस्ती टोलीले पचरौता नगरपालिका ७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको टोलीले चेकजाँच गर्दा रकमसहित नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: : 2020-12-04 18:45:00

प्रतिकृया दिनुहोस्