अमेरिकी वैज्ञानिककाे अनुसन्धान: कोरोना चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेकाे थियाे!

अमेरिकी वैज्ञानिकले कोरोना भाइरस चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेको तथ्य पत्ता लगाएको छ। 

अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेका अनुसन्धानमा वास्तवमा कोरोना भाइरसले त्यसभन्दा हप्तौंअघि अमेरिकाका मानिसलाई संक्रमण गरिसकेको देखाएको हो।

करिब एक वर्षअघि वैज्ञानिकले चीनको उहानमा कोरोना भाइरसको संक्रमण पत्ता लगाएका थिए। तर ‘क्लिनिकल इन्फेक्सियस डिजिज नामको पत्रिका’ले भने चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेको जनाएको छ। 

चीनको हुपेई प्रान्तका स्वास्थ्य अधिकारीका अनुसार निमोनियाँका गम्भीर लक्षण भएका धेरै बिरामी देखिएका थिए।, जसमा साससँग सम्बन्धित अनौठो रोग देखिएकोथियो।

सन् २०१९ डिसेम्बर ३१ मा वैज्ञानिकले आधिकारिक रूपमा यो कोरोना भाइरसको संक्रमण भएको जनाइएको थियो। 

चीनको उहानमा सन् २०१९ डिसेम्बरमा देखापर्नुभन्दा धेरै हप्ताअघि नै विश्वमा यो भाइरस थियो।

महामारी सुरु भएको ११ महिनापछि अमेरिकाका वैज्ञानिकहरुले अमेरिकाका तीन राज्यका ३९ जनाको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको जनाएका छन्। 

जुन चीनका स्वास्थ्य अधिकारीले कोरोनाबारे चेतावनी जारी गर्नुभन्दा २ हप्ताअघि नै उनीहरूको शरीरमा विकास भइसकेको थियो।

यस अनुसन्धानअनुसार अमेरिकामा २०१९ डिसेम्बर १३ देखि २०२० जनवरी १७ सम्म गरिएको रक्तदान कार्यक्रममा ७ हजार ३८९ जनाले रगत दिएका दिए। तीमध्ये १०६ जनाको रगतको नमुनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हो।

अनुसन्धानकर्ताका अनुसार अमेरिककाका क्यालिफोर्निया, ओरेगन र वासिङ्टनमा गत डिसेम्बर १३ देखि १६ सम्म लिइएको रगतको नमुनामध्ये ३९ जनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हो।

शोधकर्ताका अनुसार बाँकी ६७ रगतको नमुना जनवरी महिनामा मासेच्युसेट्स, मिसिगन, रोड आइल्यान्ड र विस्किन्सिनमा संकलन गरिएको थियो। यो कुरा यी राज्यमा कोरोना महामारी फैलिनुभन्दा केही पहिलेको हो।

यद्यपि अमेरिकाकमा कोरोना भाइरस संक्रमणको पहिलो घटना २०२० जनवरी २१ मा दर्ता भएको थियो।

कुनै व्यक्तिको शरीरमा एन्टिबडी पाइनुको अर्थ हो- ऊ पहिले कोरोनाबाट संक्रमित भएको थियो र त्यसविरुद्ध उसको शरीरले रोग प्रतिरोधात्मक शक्ति विकास गरिसक्यो।

अमेरिकी अनुसन्धानकर्ताका अनुसार अमेरिकामा ठूलो मात्रामा कोरोना महामारी फैलिन सुरु भएको चाहिँ फेब्रुअरीको अन्तिम हप्तादेखि हो।

रक्तदान कार्यक्रमको आयोजक रेडक्रसका अनुसार जुन मानिसको रगतको नमुना संकलन गरिएको थियो, तीमध्ये जम्मा ३ प्रतिशत व्यक्तिले मात्र भर्खरै विदेश यात्रा गरेका थिए। 

यीमध्ये ५ प्रतिशत व्यक्तिले एसियाली मुलुकबाट फर्किए थिए।

प्रकाशित मिति: : 2020-12-05 07:41:00

प्रतिकृया दिनुहोस्