स्रोत नखुलेको २४ लाखसहित पक्राउ

रुपन्देहीमा स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्। 

रुपन्देहीको सम्मरीमाई गाउँपालिका ६ बस्ने ३२ वर्षीय प्रमोद कुमार गुप्तालाई प्रहरीले शुक्रबार मोटरसाइकलसहित पक्राउ गरेको हो।

सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा सवार गुप्तालाई रुपन्देही सिद्धार्थनगर नगरपालिका ३ भैरहवा बसपार्क नजिकै नियमित चेकजाँचको क्रममा नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।

गुप्ताको साथबाट पाँच सयको २६०२ वटा (१३ लाख १ हजार), हजारको १०९९ वटा (१० लाख ९९ हजार) बरामद भएको हो। 

प्रकाशित मिति: : 2020-12-05 11:00:00

प्रतिकृया दिनुहोस्