राजसंस्था पुनःस्थापनाको मागसहित काठमाडौंमा विशाल प्रदर्शन (फाेटाेफिचर)

बिएल संवाददाता

काठमाडाै‌ं

राजसंस्था पुनःस्थापना तथा धार्मिक सापेक्षतासहितको राज्यको मागसहित काठमाडौंमा प्रदर्शन भएको छ।

राष्ट्रिय नागरिक आन्दोलनले शनिबार आयोजना गरेको प्रदर्शन माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ प्रदर्शनका क्रममा राजावादीहरु विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड र राष्ट्रिय झण्डासहित लागेका छन्। 

केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला तथा जुलुस नगर्न आग्रह गरेको थियो। 

आजै झापामा समेत राजाको पक्षमा आन्दोलन भइरहेको छ। झापाको आन्दोलनको नेतृत्व राप्रपा नेता राजेन्द्र लिङ्‌देनले गर्दै छन्।

प्रकाशित मिति: : 2020-12-05 12:50:00

प्रतिकृया दिनुहोस्