'हामीले छोएको खाँदा तपाईंका देउता रिसाउलान्'

शिलापत्र

काठमाडौँ

रमेश सायन

एउटा पुरानो घरको तगारो खोलेँ र भित्र पसेँ ।

तगारो छेउमै कुकुर सुतेको रहेछ । जीउभरि किर्ना थियो । किर्नाले टोकिरहँदा पनि शान्त थियो । मलाई देखेर पनि भुकेन, असल रहेछ । 

आँगनमा दुई बूढी मान्छे घाम ताप्दै थिए । मैले नमस्कार गरेपछि दुवै चलमलाए । एउटीलाई झट्टै चिने र हालखबर सोधेँ ।

उनीहरूले हालखबर बताउनु अघि नै 'मलाई चिन्नु भयो !' भनेर फेरि सोधेँ ।

ती दुईमध्ये जसलाई मैले चिनिनँ, उनले मलाई चिनिन् र भनिन्, 'काटीकुटी बाउको अनुहार ।'

मैले जसलाई चिने उनले मलाई चिनिनन् । तर, मेरो अनुहारमा उत्सुकताबस हेरिरहिन् । एकैछिन पछि फिस्स हाँस्दै भनिन्,  'माइला बाहुनका छोराजस्तो लाग्यो त !'

'हो हो ! हाम्रो घर यहीँ थियो ।'

उनी आश्चर्यमा परिन् । वर्षौंपछि आफ्नै छोरो भेटेजसरी उनका आँखा खुसी भए ।

प्रकाशित मिति: : 2020-12-06 11:16:00

प्रतिकृया दिनुहोस्