म बच्चा पाउन आतुर छु तर कामबाट छुट्टी लिनन्: अभिनेत्री टिस्डेल

गर्भवती अभिनेत्री एस्ली टिस्डेलले नयाँ बच्चाको स्वागत गर्न आफू आतुर भएपनि कामबाट छुट्टी भने नलिने बताएकी छिन्।

रियालिटी शो ‘द मास्क्ड डान्सर’ को एक निर्णायकको रुपमा कम गरिरहेकी टिस्डेलले आफू काम बिना बस्न नसक्ने बताएकी हुन्।

सन् २०१४ मा क्रिस्टोफर फ्रेन्चसँग विवाह गरेकी टिस्डेलले गत सेप्टेम्बरमा आफू गर्भवती भएको खुलासा गरेकी थिइन्। 

२ जुलाई १९८५ मा न्यूजर्सीको मोन्माउथ काउन्टीमा जन्मेकी उनी ३ वर्षको उमेरदेखि अभिनयमा सक्रिय थिइन्।

टिस्डेलले अभिनय गरेका चलचित्र ‘हाइ स्कुल म्युजिकल वान’, ‘टु र थ्री’, ‘सन्स अफ अनार्की’, ‘डोनी डार्को,’ ‘किम पसीबल,’ ‘अ बग्स लाइफ,’ ‘क्लाउड नाइन’ आदि छन्।
 

प्रकाशित मिति: : 2020-12-07 11:42:00

प्रतिकृया दिनुहोस्