वरिष्ठ गायक जगतमर्दन थापाको निधन

वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ। 

थापाथलीस्थित नर्भिक अस्पतालको भेन्टिलेटरमा उपचाररत् ८५ वर्षीय थापाको सोमबार बिहान १० बजेर २० मिनेटमा निधन भएको सांसद एवंम गायिक कोमल वलीले जनाकारी दिइन्।

थापा कोरोना संक्रमणपश्चात् २८ दिनदेखि अस्पतालमा उपचारत थिए ।

दुई साताअघि नै कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थापाको छातीमा अचानक समस्या देखिएपछि उनलाई भेन्टिलेटरमै राखेर उपचार थालिएको थियो।

८५औं जन्मोत्सवको अवसरमा छैठौं एल्बम तयारी गर्ने व्यस्तताको क्रममा नै थापा अस्वस्थ भएका हुन् ।
 

प्रकाशित मिति: : 2020-12-07 12:55:00

प्रतिकृया दिनुहोस्