पार्थिव पटेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

बिएल संवाददाता

काठमाडाै‌ं

भारतीय क्रिकेटर पार्थिव पटेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 

सन् २००२ मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेलमा डेब्यु गरेका पटेलले करिब १८ वर्ष क्रिकेटको पिचमा बिताएका छन्। 

सन् २००२ मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेलमा डेब्यु गरेका पटेलले टेस्ट, वन डे र टि ट्वान्टी फर्म्याटबाट सन्यास लिएका हुन्।

पटेल सबैभन्दा कम उमेरमा विकेटकिपर समेत बनेका थिए।

उनले सन् २०१८ मा दक्षिण अफ्रिकासँग अन्तिम टेस्ट खेल र सन् २०१२ मा श्रीलंकाविरुद्ध अन्तिम वन डे खेलेका थिए।

प्रकाशित मिति: : 2020-12-09 13:10:00

प्रतिकृया दिनुहोस्