तनाव हटाउन मौरी पाल्थे टाइटेनिकका हिराे

सुपर हिट सिनेमा ‘टाइटेनिक’का नायक लियोनार्डो डि किप्रियोले आफ्नो तनाव हटाउन मौरी पाल्ने गरेको उनको आमाको प्रेमी डेबिड वार्डले खुलासा गरेका छन्।

बार्ड ले द सनलाई दिएको अन्तर्वार्तामा भनिन्,‘मौरीले ‘भुन भुन’ गरेर निकालेको आवाजले डि किप्रियोको तनाव हटाउन मद्दत गर्दछ।

११ नोभेम्बर १९७४ मा लस एञ्जलसमा जन्मेका नायक डि किप्रियोले अभिनय गरेका अन्य सिनेमाहरुमा इन्सेप्सन, ब्लड डाइमण्ड, द बीच, सेलिब्रेटी आदि हुन्।

 सन् २०१५ मा द रेभिएण्ट र सन्स २०१३ मा द वुल्फ़ अफ वाल स्ट्रिट को लागि श्रेष्ठ अभिनेताको ओस्कार पुरस्कार पनि प्राप्त गरिसकेका नायक डि किप्रियोले गोल्डन ग्लोब, बाफ़्टा जस्ता प्रतिष्ठित पुरस्कार पनि प्राप्त गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-12-09 17:02:00

प्रतिकृया दिनुहोस्