सेलिना गोमेज भन्छिन्– मानसिक सन्तुलन गुमाएकालाई हेला गर्ने मेरा प्रशंसक हाेइनन्

गायिका, नायिका र निर्माता सेलिना गोमेजले मानसिक असन्तुलन पनि एक किसिमको रोग भएको र औषधि र थेरापीको प्रयोगले यो रोग निर्मूल पार्न सकिने बताएकी छिन्। 

फिमेल फस्ट नामक पत्रिकासँग कुरा गर्दै मानसिक रोगले ग्रस्त व्यक्तिहरु बिषेश व्यक्ति भएको र उनीहरुलाई बिशेष प्रकार कै व्यवहार गर्नुपर्नेमा जोड दिइन्।

गायिका गोमेजले आफू त्यस्ता व्यक्तिहरुको साथमा रहेको बताएकी छिन्।

यस्ता रोगीहरुलाई अपमान गर्ने र दुःख दिने मान्छेहरु आफ्नो प्रशंसक हुन नसक्ने बताउँदै गोमेज भनिन्,‘यदी तपाईंहरु मलाई माया गर्नुहुन्छ भने त्यस्ता कमजोर मान्छेहरुलाई पनि प्रेम गर्नुहोस्।’ 

सरकारले यदि यस्ता रोगीहरुको लागि कुनै कार्यक्रम ल्याए आफूले तन, मन र धनले सहयोग गर्ने वचन पनि उनले दिएकी छिन्।

२२ जुलाई १९९२ मा ग्र्याण्ड प्रलिल, टेक्सासमा जन्मेकी गायिका गोमेज को ‘आइस क्रिम’ नामको गीत हाल निकै चर्चामा छ।

त्यस्तै उनका अन्य चर्चित गीतहरुमा ‘ब्वाई फ्रेन्ड’, ‘फिल मि’, ‘गुड फर यू’, ‘ब्याक टू यू’ आदि रहेका छन्।

उनले केही चलचित्रहरुमा पनि अभिनय गरेकी छिन्। 

‘द रेन्नी डे अफ न्यूयोर्क’, ‘गेट वे’, ‘रुडरलेस, युनिटि’, ‘हाउस ब्रोकन लगायत केही चलचित्रमा उनको अभिनय रहेको छ।

प्रकाशित मिति: : 2020-12-09 19:56:00

प्रतिकृया दिनुहोस्